टोकियो पारालिम्पिकः पलेशा पहिलो खेलमै पराजित

टोकियो पारालिम्पिकः पलेशा पहिलो खेलमै पराजित

केन्द्रबिन्दु
0
Shares

टोकियो पारालिम्पिक २०२० मा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पहिलो खेलमै पराजित भएकी छिन्। 

राउण्ड अफ १६ अन्तर्गत शुक्रबार भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएकी हुन्।

पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । पलेशालाई हराएकी मुनरोले क्वाटरफाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्नेछिन्। अब पलेशाले रिपेचेज राउण्डमा प्रतिस्पर्धा गर्नेछिन्।  

Logo