जोकोभिच र बार्टी युएस ओपन टेनिसको तेस्रो चरणमा

जोकोभिच र बार्टी युएस ओपन टेनिसको तेस्रो चरणमा

केन्द्रबिन्दु
0
Shares

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सका टालोन ग्रिएक्सपोरलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणको यात्रा गरेका हुन्। 

सर्बियन जोकोभिचले टालोनमाथि ६–२, ६–३ र ६–२ को सेटमा पराजित गरे। अब जोकोभिचले तेस्रो चरणमा जापानका केइ निसिकोरीसँग खेल्नेछन्। 

महिलातर्फ विश्व नम्बर एक खेलाडी अस्लेइग बार्टीले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन्। अष्ट्रेलियाकी बार्टीले क्लारा टाउसेनलाई ६–१ र ७–५ ले पराजित गर्दै तेस्रो चरणको यात्रा तय गरेकी हुन्। अब तेस्रो चरणमा बार्टीले सेल्बी रोजर्ससँग खेल्नेछिन्। 

Skip This
Skip This
Logo