टोकियो पारालिम्पिकः पलेशाको कास्य पदक जित्ने सम्भावना कायम

टोकियो पारालिम्पिकः पलेशाको कास्य पदक जित्ने सम्भावना कायम

केन्द्रबिन्दु
0
Shares

टोकियो पारालिम्पिक २०२० को तेक्वान्दोतर्फ नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले रिपिचेज सेमिफाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।

रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरिन् । के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौल समूहमा पलेशाले ब्रियान्नालाई १०–० ले हराईन् ।

यस जितसँगै पलेशाले कास्य पदक जित्ने सम्भावना कायम राखेकी छिन् । अब पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभसँग खेल्नेछिन् ।

सेमिफाइनलमा जित निकालेमा पलेशाले कास्य पदकका लागि पुनः खेल्ने छिन् । पलेशा स्वर्ण पदकको दौडबाट भने बहिरिसकेकी छिन् । 

पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ ले पराजित भएपछि उनको स्वर्ण यात्रा समाप्त भएको हो ।

 

Skip This
Skip This
Logo