आइतबार हुने नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोले गर्ने

आइतबार हुने नेपाल-भारत मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोले गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ। म्याच प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रोबिच सहकार्य भएको छ। 

बिशेष गरि अहिले अमेरिका, अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्नु हुन्छ।

कसरी हेर्ने फुटबलको लाइभ ?

अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ अथवा लिंक मा क्लिक गर्न सक्नुहुनेछ । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल-भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुहोस् । यति गरेसँगै टिकट खरिद गर्ने पेज खुल्छ ।

त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकट खरिद गर्नुहोस् र ‘वाच नाव’मा थिच्नुहोस्। यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिनेछ। सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ।

प्रत्यक्ष प्रसारण लिंक : https://bit.ly/3yH0P51

Skip This
Skip This
Logo