पारालिम्पिक टिम आज नेपाल आइपुग्ने

पारालिम्पिक टिम आज नेपाल आइपुग्ने

केन्द्रबिन्दु
0
Shares

जापानमा जारी टोकियो पारालिम्पिक खेलकुदमा सहभागिता जनाएको नेपाली टिम आज आइतबार नेपाल आइपुग्ने भएका छन् । 

पारालिम्पिकका लागि जापान गएका ६ सदस्यीय नेपाली टिम आज अपरान्ह ३ बजे नेपाल आइपुग्ने तालिका रहेको छ । 

टोकियो पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले प्रतिस्पर्धा गरेकी थिइन् । पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, पलेशा ऐतिहासिक कास्य पदक जित्न असफल भएकी थिइन्।

रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग पराजित भएकी थिइन् । 

पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका थिए ।

Skip This
Skip This
Logo