रोनाल्डोले कसरी पाए जर्सी नम्बर ७ ?

रोनाल्डोले कसरी पाए जर्सी नम्बर ७ ?

केन्द्रबिन्दु
0
Shares

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बर जर्सी पाएपछि एडिसन कभानीलाई एउटा सन्देश छाडेका छन् । ‘धेरै धेरै धन्यवाद, म्यानचेस्टर युनाइटेडमा फर्केयता ७ नम्बरको जर्सी फिर्ता दिएकोमा ।’

उरुग्वेली खेलाडी कभानीले म्यानचेस्टर आएयता ७ नम्बरको जर्सी लगाएका थिए । तर रोनाल्डो आएपछि यो नम्बरको जर्सीलाई लिएर अन्यौल छाएको थियो । 

रोनाल्डोले ७ नम्बर जर्सीलाई एउटा ब्राण्ड बनाइसकेको सबैलाई अवगत नै छ । यो नम्बर उनको परिचयसँग जोडिएको छ । यसअघि रोनाल्डोले छ सिजन म्यानचेस्टरमा बिताउँदा यही नम्बरको जर्सी लगाएका थिए । पोर्चुगलका लागि खेल्दा पनि उनले ७ नम्बर जर्सी नै लगाउदै आएका छन् । 

कभानीले ७ नम्बरको जर्सी दिन कसरी तयार भए ? 

रोनाल्डोलाई जसरी ७ नम्बर जर्सी प्यारो छ, कभानीलाई उस्तै २१ नम्बर जर्सी मन पर्छ । कभानीले उरुग्वेली टिमका लागि खेल्दा लगाउने जर्सी हो, २१ नम्बर ।

म्यानचेस्टरमा पछिल्लो समय २१ नम्बर जर्सी खालि थियो । त्यसैले क्लबले उनलाई २१ नम्बर जर्सी दिने निर्णय गर्यो र रोनाल्डोले पाए, आफ्नो प्रिय ७ नम्बर जर्सी । 

रोनाल्डोलाई ७ नम्बर जर्सीप्रति यत्रो लगाव किन ?

म्यानचेस्टर आउन अगाडि स्पोर्टिङ लिस्वनमा छँदा रोनाल्डो २८ नम्बरको जर्सी लगाउने गर्थे । म्यानचेस्टर आएयता उनी यही नम्बरको जर्सी लगाउन चाहन्थे । तर त्यति बेलाका म्यानचेस्टर व्यवस्थापक एलेक्स फर्गुसनले उनलाई ७ नम्बर जर्सी लगाउन मनाए ।

फर्गुसन चाहन्थे कि रोनाल्डो म्यानचेस्टरमा यसअघिका ७ नम्बर जर्सी लगाउने खेलाडी जर्ज बेस्ट र एरिक क्यान्टोना जत्तिकै सफल र प्रसिद्ध होस् । त्यसपछिका दिनहरुपछि रोनाल्डोले पछाडि फर्केर हेर्न परेको छैन । ७ नम्बर जर्सी रोनाल्डोको पर्याय बनिसकेको छ ।  
 

Skip This
Skip This
Logo