जोकोभिच र एलेक्सजेन्डर युएस ओपनको चौथो चरणमा, बार्टी बाहिरिए

जोकोभिच र एलेक्सजेन्डर युएस ओपनको चौथो चरणमा, बार्टी बाहिरिए

केन्द्रबिन्दु
0
Shares

विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका एलेक्सजेन्डर ज्वेरभ युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । 

शनिबार राति भएको खेलमा जापानका केइ निसिकोरीलाई पराजित गर्दै जोकोभिचले चौथो चरणको यात्रा तय गरेका हुन् । सर्बियन जोकोभिचले निसिकोरीमाथि ६–७ (४–७), ६–३, ६–३ र ६–२ को सेटमा पराजित गरे ।

यस्तै आइतबार भएको खेलमा अमेरिकी खेलाडी ज्याक सकबाट वाकओभर पाउँदै एलेक्सजेन्डरले भने चौथो चरणमा स्थान बनाएका हुन् । प्रतिस्पर्धाको दौरान चोट बोकेपछि ज्याकले खेल त्यागेका थिए । खेल छाड्नुअघि एलेक्सजेन्डर ३–६, ६–२, ६–३ र २–१ ले अघि रहेका थिए ।

अब जोकोभिचले चौथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीसँग खेल्नेछन् भने एलेक्सजेन्डरले जान्निक सिनरसँग खेल्ने छन् ।

महिलातर्फ विश्व नम्बर एक अस्लेइग बार्टी भने तेस्रो चरणबाट बाहिरिएकी छिन् । अष्ट्रेलियाकी बार्टी अमेरिकी खेलाडी सेल्बी रोजर्ससँग २–६, ६–१ र ६–७ (५–७) ले पराजित भइन् ।

 

Skip This
Skip This
Logo