गोलकिपर विशालले गरे राष्ट्रिय टिममा डेब्यु

गोलकिपर विशालले गरे राष्ट्रिय टिममा डेब्यु

केन्द्रबिन्दु
0
Shares

भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।

खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् ।

किरणको स्थानमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् । लामो समय राष्ट्रिय टिममा रहेपनि विशालले डेब्युको अवसर पाएका थिएनन् ।

विशाल राष्ट्रिय टिमका अभागी खेलाडी मानिन्थे । किरण चेम्जोङको उत्कृष्ट प्रर्दशन अघि विशाल छायाँमा पर्ने गरेका थिए ।

गत जेठमा नेपाल विश्वकप छनोट खेल्ने समय बिशाल टिममा परेका थिएनन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा विशाललाई न्याय गर्दै डेब्यु गराएका थिए ।

Logo