अफगानिस्तानका ओमरजाईले ईपीएल खेल्ने

अफगानिस्तानका ओमरजाईले ईपीएल खेल्ने

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाईले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

ओमरजाईले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन् ।   

ललितपुरले सामाजिक सञ्जालबाट ओमरजाईलाई अनुबन्ध गरिएको जनाएको छ । ओमरजाई ललितपुरमा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् ।

यस अघि भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाकेलाई अनुबन्ध गरिसकेको छ ।

चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

Logo