पीएनजीद्वारा नेपाललाई १ सय ३५ रनको लक्ष्य

पीएनजीद्वारा नेपाललाई १ सय ३५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले सामान्य लक्ष्य पाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले नेपाललाई जीतका लागि १ सय ३५ रनको लक्ष्य दिएको छ।

नेपाली बलर चम्किएको खेलमा पीएनजीले ३३ ओभरमा अलआउट हुँदै  १ सय ३४ रन बनायो । पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए। त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए। यस्तै किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए।

कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १/१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे। 

पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। डेब्यु खेलाडी बिक्रम सोब र कुशल मल्लले २/२ विकेट लिए। यस्तै सोमपाल कामीले एक विकेट लिए। दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेलिरहेको हो। दोस्रो खेल भने शुक्रबार हुनेछ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।

Logo