टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपालका चार खेलाडी परेका छन् । 

नयाँ वरियताअनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरियता सुधार भएको छ  ।
ब्याटिङ वरियतामा कुशल ६० औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१ औं स्थानमा रहेका थिए ।

 नेपालका पूर्व कप्तान पारस खड्काको वरियता यथावत रहेको छ । पारस ९१ औं स्थानमा रहेका छन् । 

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा झरेका छन् । उनको वरियता एक स्थान घटेको हो ।  

बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् । 

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरियता भने यथावत रहेको छ । टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल १३ औं स्थानमा रहेको छ । 

नेपाल एकदिवसीय वरियताको १६ औं स्थानमै रहेको छ । 

Logo