नेपालविरुद्ध बंगलादेश: पहिलो हाफ बराबरीमा

नेपालविरुद्ध बंगलादेश: पहिलो हाफ बराबरीमा

केन्द्रबिन्दु
0
Shares

नेपालविरुद्ध बंगलादेशबीचको जारी दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफ ०-० को अवस्थामा सकिएको हो। दुबै टोलीले गोलका लागि केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्।

खेलको ९ मिनेटमा नेपालले पहिलो मौका चुकायो। डिफेण्डर अमृता जैशीले अगाडी बढेर डिबक्स बाहिरबाट हानेको प्रहार गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो। १०औं मिनेटमा अनिता बस्नेतको पासमा सरु लिम्बुले डिबक्स बाहिरबाट हानेको प्रहार चक्माले बाहिर पन्च गरिन्।

खेलको ७ मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो अवसर गुमायो। गोलकिपर अन्जना रानाले डिबक्स भित्र फुत्काएको बललाई श्रीमोती सर्कारले खाली पोस्टमा गोल गर्न सकिनन्। उनको प्रहार अघिनै  डिफेण्डर गीता रानाले बल खोसेकी थिइन्। खेलको ३० मिनेटमा बंगलादेशकी श्रीमोती सर्कारले डिबक्स बाहिरबाट हानेको प्रहार क्रसबारमाथि लागेर बाहिरियो। 

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटिको कप्तानीमा पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका छन्। गोलकिपर अन्जना राना मगर, रश्मि घिसिङ र अनिता बस्नेतले सुरुवाती-११ मा स्थान बनाएका छन्। यसअघिको खेलमा एन्जिला तुम्बापो सुब्बा, मन्जली कुमारी  योन्जन र  सबिता राना मगरलाई माैका दिइएको थियो। 

यसअघि पहिलो मैत्रीपुर्ण खेलमा नेपालले बगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारीका लागि नेपाल र बंगलादेश मैत्रीपूर्ण  खेल खेलेका हुन्।

उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससङ २ असोज र हङकङ सङ ५ असोजमा खेल्नेछ। नेपाली टीम त्यसतर्फ भोलि (सोमबार) प्रस्थान गर्नेछ। 

नेपाली टिम

गोलरक्षक : अन्जना राना मगर 
डिफेण्डर : हिरा कुमारि भुजेल,  अमृता जैशी, गिता राना, पुजा राना
मिडफिल्डर : सरु लिम्बू, प्रीति राई, रेणुका नगरकोटी, 
स्ट्राइकर : अनिता बस्नेत, बिमला चौधरी, रश्मि घिसिङ। न्युज कारखाना

Logo