डीश होमले ट्राइ नेसन्स सिरिजको प्रत्यक्ष प्रसारण गर्ने

डीश होमले ट्राइ नेसन्स सिरिजको प्रत्यक्ष प्रसारण गर्ने

केन्द्रबिन्दु
0
Shares

डिश मिडिया नेटवर्कले ओमानमा हुने सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ।

नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एकदिवसीय अन्तर्राष्ट्रिय सीडब्लुसी लिग २ ट्री नेशन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमति भएको हाे।

सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर भएको छ।

उक्त सीडब्लुसी लिग २ ट्री नेशन सिरिजका ६ वटा खेलहरु भदौ २८ गतेदेखि असोज ४ गतेसम्म हुनेछन्।

यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्टस् एचडी वान र डिशहोम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रशारण हुनेछ।

Logo