अमेरिकालाई हराएपछि के भने कुशल र रोहितले?

अमेरिकालाई हराएपछि के भने कुशल र रोहितले?

केन्द्रबिन्दु
0
Shares

कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गर्यो। सम्हालिएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बताएका छन्। दुबैले आउँदा खेलमा पनि टोलीका लागि अझै मिहिनेत गर्ने बताए।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दै सिरिजमा सुखद सुरुआत गर्यो। २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्दा नेपालले शानदार जीत निकालेको हो। सिरिजको सुखद् सुरुआत गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। 

कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। युवा ब्याट्स म्यान कुशलले करियरकै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतकसमेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुसी लागेको बताए। आफू शतकबाट चुकेको भए पनि टिमको जीत निकै महत्वपूर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए।

सुरुआत राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए। नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो। तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई जीततर्फ डोहोर्याएका थिए । यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताए। उनले सुरुआत अलि ढिला भएपनि अन्त्यतिर लयमा आएको बताए।

यस्तै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको दुबै ब्याटिङ र बलिङमा प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए। खेलमा ब्याटिङ गर्न सजिलो देखिएपछि रन लिनलाई कठिन भएको प्रतिक्रिया कप्तान ज्ञानेन्द्र मल्लले दिए। घरेलु टोलीसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण रहेको ज्ञानेन्द्रले बताए।

सिरिज अन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ। कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे प्रतिस्पर्धा गर्दैछ। लिग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो। दुबै खेलमा नेपाल पराजित भएको थियो । सोही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा मैदान उत्रिनेछ।

Logo