नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार

नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार भएको हो।

एकदिवसीय वरीयतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमा रहेको थियो। एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन्।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि ओमान भ्रमणमा रहेको नेपालले पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज जितेको थियो । 

यस्तै त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सोमबार अमेरिकालाई हराएको थियो। एकदिवसीयमा न्युजिल्याण्ड पहिलो, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन्।

Logo