नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। 

अल अमिरात क्रिकेट मैदानमा ओमानविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछन्।

आज नेपाल घरेलु टिमविरुद्ध जीत निकाल्ने लक्ष्यमा रहेको छ। पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

Logo