श्रीलंकाविरुद्ध दक्षिण अफ्रीकाको क्लिनस्वीप

श्रीलंकाविरुद्ध दक्षिण अफ्रीकाको क्लिनस्वीप

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रीकाले घरेलु टिम श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा क्लिनस्वीप गरेको छ। कोलम्बोमा मंगलबार राति भएको तेस्रो खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै दक्षिण अफ्रीकाले सिरिज ३–० ले क्लिन स्विप गरेको हो।

श्रीलंकाले दिएको १२१ रनको लक्ष्य दक्षिण अफ्रीकाले १४ ओभर ४ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रीकाको जीतमा क्विनटन डी ककले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै रिजा हेन्ड्रिक्सले अविजित रहँदै ५६ रनको अर्धशतकीय इनिङ्स खेले।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनाएको थियो । श्रीलंकाका कुशल परेराले सर्वाधिक ३९ रन जोड्दा चामिका करुनारत्नेले अविजित २४ रन बनाए। कप्तान दसुन शनकाले १८ र अभिस्का फर्नान्डोले १२ बनाए। दक्षिण अफ्रीकाका कागिसो राबडा र फोर्टुनले २/२ विकेट लिए। 

Logo