एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुग्यो महिला फुटबल टिम

एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुग्यो महिला फुटबल टिम

केन्द्रबिन्दु
0
Shares

एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान पुगेका छन्। नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको ताश्केन्त पुगेको हो।

उज्वेकिस्तान पुगेपछि नेपाली टोलीको कोभिड–१९ को पीसीआरको लागि स्वाब संकलन गरिएको छ। पीसीआरको रिपोर्ट नआएसम्म नेपाली टिम होटलमा क्वारेन्टिनमा बस्ने छन्।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

नेपालले फिलिपिन्ससँग सेप्टेम्बर १८ (असोज २) मा खेल्दै छनोटको सुरुवात गर्नेछ। यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर २१ (असोज ५) मा हङकङको सामना गर्नेछ। 

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

Logo