मलिङ्गाद्वारा सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा

मलिङ्गाद्वारा सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका तीव्र गतिका बलर लासिथ मलिङ्गाले सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा गरेका छन् । 

३८ वर्षिय मलिङ्गाले सोमबार सबै क्रिकेटबाट सन्न्यास लिएको जनाएका छन् । मलिङ्गाले यसअघि नै टेष्ट, ओडिआई र फ्रेन्चाइज क्रिकेट सन्न्यास लिइसकेका थिए ।

अर्को महिना युएई र ओमानमा हुने टि २० विश्वकपको लागि श्रीलंका टोलीमा नपरेपछि मलिङ्गाले सन्न्यासको घोषणा गरेका हुन् । टि २० क्रिकेटका सर्वाधिक सफल बलर मलिङ्गा टि २० आईमा एक सय विकेट लिने पहिलो बलर हुन् । 

मलिङ्गाको कप्तानीमा श्रीलंकाले २०१४ को टि २० विश्वकप फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो । मलिङ्गा २०२० मार्चदेखि श्रीलंका टि २० आई टोलीमा थिएनन् । टि २० आईमा मलिङ्गाको नाममा दुई ह्याट्रिक छ । 

२००६ मा इंग्ल्यान्डविरुद्ध टि २० आईमा डेब्यू गरेका थिए । मलिङ्गाले ८४ टि २० आई खेलमा १ सय ७ विकेट लिएका छन् । त्यस्तै, २ सय २६ ओडिआईमा ३ सय ३८ विकेट लिएका थिए ।

श्रीलंकालाई २००९ को टि २० विश्वकप र २०११ को एकदिवसीय विश्वकप फाइनलमा पुर्याउन मलिङ्गाको योगदान महत्वपूर्ण थियो । मुम्बई इन्डियन्सलाई चार पटकसम्म च्याम्पियन बनाउन मलिङ्गाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अघिल्लो सिजन मुम्बई च्याम्पियन बन्दा मलिङ्गाले ब्यक्तिगत कारणले खेलेका थिएनन् । मलिङ्गाले १ सय २२ खेलमा सर्वाधिक १ सय ७० विकेट लिएका छन् । 

विशेष गरी सीमित ओभरमा मलिङ्गाले विश्व क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

Logo