क्लब भलिबल च्याम्पियनसिपको पुरस्कार राशीमा वृद्धि

क्लब भलिबल च्याम्पियनसिपको पुरस्कार राशीमा वृद्धि

केन्द्रबिन्दु
0
Shares

असोजमा आयोजना हुने छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरस्कार राशीमा वृद्धि गरिएको छ । 

असोज १० देखि १६ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । यस्तै तेस्रोले १ लाख प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ । 

यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ ।  

पुरुषमा टिप टप हेल्प नेपाल, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, बागमती प्रदेश, मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।

महिलातर्फ न्यु डाईमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ ।

संघले यस प्रतियोगिता छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाएको छ । 

च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
 

Logo