सन्दीप पहिलो पटक एकदिवसीय वरीयतामा

सन्दीप पहिलो पटक एकदिवसीय वरीयतामा

केन्द्रबिन्दु
0
Shares

आईसीसीको एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक अटाएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप पहिलो पटक एकदिवसीय वरीयतामा परेका हुन्।

सन्दीप बलिङ वरीयताको ९१ औं स्थानमा रहेका छन्। सन्दीप पहिलो पटक एकदिवसीयको शीर्ष १०० को वरीयतामा परेका हुन्। सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियको १२ खेलमा ३३ विकेट लिइसकेका छन्।

सन्दीप टी–ट्वान्टी वरीयतामा भने रहदै आएका थिए। सन्दीप टी–ट्वान्टीतर्फ भने ८१ औं स्थानमा झरेका छन्।

Logo