नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ् गर्ने भएको छ ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले टस जितेर सुरुवातमा नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

अमेरिकाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएका छन् । राष्ट्रिय टिममा गुलशनको यो डेब्यु समेत हो ।

आज अमेरिकाविरुद्ध नेपाल जितको खोजीमा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

Logo