नेपाललाई पहिलो क्षति, आसिफ आउट

नेपाललाई पहिलो क्षति, आसिफ आउट

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ३ रनमा गुमाएको हो । 

अहिले क्रिजमा ओपनर कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङ गरिरहेको छ ।

आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । 

यता अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा खेलिरहेको छ ।   

Logo