नेपालले दोस्रो विकेट गुमायो, कुशल आउट

नेपालले दोस्रो विकेट गुमायो, कुशल आउट

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । 

नेपालले दोस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई ३६ रनमा गुमाएको हो । उनी करिमा गोरेको बलमा आउट भए ।

यसअघि पहिलो विकेटको रुपमा नेपालले ओपनर आसिफ शेखलाई ३ रनमा गुमाएको थियो। 

अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित कुमार पौडेलले ब्याटिङ गरिरहेका छन् ।

आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । 

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यता अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा खेलिरहेको छ ।   

Logo