आईसीसी विश्वकपक्रिकेट लिग–२ः नेपालको १०० रन पूरा

आईसीसी विश्वकपक्रिकेट लिग–२ः नेपालको १०० रन पूरा

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकपक्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले अमेरिकासँग दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको छ ।

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ । ओमानको मस्कटस्थित अलअमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ ।

नेपालले २६ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १०० रन जोडेको हो । 

नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ३ रनमा गुमाएको थियो । 

यस्तै दोस्रो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई ३६ रनमा गुमाउदा रोहित कुमार पौडेललाई २ रनमा तेस्रो विकेटको रुपमा गुमायो भने चौथो विकेटको रुपमा विनोद भण्डारीलाई १० रनमा गुमायो । 

Logo