अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित

अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। 

उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो। 

नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो। नेपालका लागि विमला चौधरीले गोल गरिन्। उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल हो। 

खेलको ३९औं मिनेटमा चोट लागेसँगै बिमलाले मैदान छाडेकी थिइन्। प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्सविरुद्ध बिमला बिकलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका छन्।  नेपालले अन्तिम ९० र थपिएको दुई मिनेटमा लगातार दुई गोल बेहोरेको थियो। 

अब नेपालले मंगलबार हङकङसँग खेल्नेछ।न्युज कारखाना 

Logo