जर्मन बुण्डेस लिगा अन्तर्गतको पाँचौं चरणमा बायर्न म्युनिख भिएफएल बोचुमविरुद्ध आधा दर्जन गोलसहित शीर्षस्थानमा उक्लिएको छ।
शनिबार साँझ भएको खेलमा बायर्न भिएफएल बोचुमविरुद्ध ७–० गोल अन्तरको सहज जित निकाल्दै शीर्षस्थानमा उक्लिएको हो।
लगातार जित निकाल्ने क्रममा बायर्नको लागि जोसुवा किमिचले दुई तथा लोरेय साने, सर्जी जिनाब्री, रोबर्ट लेवाण्डोस्की, एरिक म्याक्सिम चोउपो मोटिङले एक एक गोल गरे । बोचुमका भासिलिस लाम्प्रोपोउलोसले आत्माघाति गोल गरे।
घरेलु मैदान एलियन्ज एरिनामा बायर्नले सानेको गोलमा १७ मिनेटमा अग्रता लिएको थियो। किमिचले २७ मिनेटमा अग्रता दोब्बर बनाए । यस्तै सानेले ३२ मिनेटमा गोल गर्दा भासिलिसले ४३ मिनेटमा आत्माघाति गोल गर्दा बायर्नले पहिलो हाफमा ४–० को अग्रता बनायो।
खेलको ६१ मिनेटमा लेवाण्डोस्कीले ५–० को अग्रता बनाउँदा ६५ मिनेटमा किमिचले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि ६–० को अग्रता दिलाए । यस्तै खेलको ७९ मिनेटमा एरिकले गोल गर्दै ७–० को जित आत्मसाथ गराए।
लगातार ४ जितसँगै ५ खेलबाट १३ अंक जोडेको बायर्न शीर्षस्थानमा उक्लिएको छ। १ खेल कम खेलेको वुल्फस्बर्ग १२ अंकसहित दोस्रो स्थानमा छ।
यता, पराजित बोचुम ५ खेलबाट ३ अंक सहित पुछारबाट दोस्रो तथा १७औं स्थानमा छ।न्युज कारखाना
प्रतिक्रिया