आईपीएलका बाँकी खेल आजबाट, चेन्नई र मुम्बई भिड्दै

आईपीएलका बाँकी खेल आजबाट, चेन्नई र मुम्बई भिड्दै

केन्द्रबिन्दु
0
Shares

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टीको बाँकी खेलहरु आज आइतबारबाट युएईमा सुरु हुँदैछ । 

कोरोना भाईरसको कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु हुन लागेको हो ।

दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । चेन्नई र मुम्बईबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न चाहन्छ । यस अघिको भेटमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो । 

चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

लिगको शीर्ष स्थानमा दिल्ली क्यापिटल्स रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । आईपीएलमा अब ३१ खेलहरु बाँकी रहेको छ । फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

Logo