खस्कियो नेपालको आईसीसी वरियता

खस्कियो नेपालको आईसीसी वरियता

केन्द्रबिन्दु
0
Shares

नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको छ । 

आईसीसीले अपडेट गरेको नयाँ वरियतामा नेपालको एकदिवसीय र टी–ट्वान्टी वरियता खस्किएको हो ।

एकदिवसीय वरियतामा नेपाल १६ औं स्थानमा झरेको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । 

एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका  पाँचौ स्थानमा रहेका छन् । 

यस्तै टी–ट्वान्टीमा नेपाल १४ औं स्थानमा झरेको छ ।  नेपाल यस अघि १३ औं स्थानमा रहेको थियो ।  

Logo