ओमानविरुद्ध नेपाललाई छैठौं विकेट

ओमानविरुद्ध नेपाललाई छैठौं विकेट

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानविरुद्ध बलिङ गरिरहेको छ । 

अल अमिरात क्रिकेट मैदानमा ओमानले सुरुवातमा ब्याटिङ गरिरहेको छ । 

ओमानविरुद्ध नेपाललाई छैठौं विकेटको सफलता मिलेको छ । यसअघि सन्दिप लामिछानेले नै चौथो र पाँचौं सफलता दिलाएका हुन् । यस्तै यस अघिका तिनै विकेट भने करण केसीले लिएका थिए ।

ओमानविरुद्ध नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्सन झा र कुशल मल्ललाई बाहिर राखिएको छ ।

शरद भेषवाकर र आरिफ शेखले ओमानविरुद्ध खेल्नेछन् । कुशल मल्ल र गुलशन झालाई टिम बाहिर राखिएको छ ।

आज नेपाल घरेलु टिमविरुद्ध जित निकाल्ने योजनामा खेलिरहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ ।

 

Logo