क्रिकेट मुख्य प्रशिक्षक ह्वाटमोरको सुखद बिदाई

क्रिकेट मुख्य प्रशिक्षक ह्वाटमोरको सुखद बिदाई

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमले मुख्य प्रशिक्षक डेव ह्वाटमोरको बिदाइ गरेको छ । 

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आइतबार ओमानलाई ७ विकेटले पराजित गर्दै नेपालले मुख्य प्रशिक्षक ह्वाटमोरको सुखद बिदाइ गरेको हो ।

ओमानविरुद्धको खेल ह्वाटमोरको नेपालको लागि अन्तिम खेल थियो । उनले ओमान पुगेपछि नेपाली टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए । 

६७ वर्षीय ह्वाटमोरलाई नेपाल क्रिकेट संघ (क्यान )ले खुल्ला प्रतिस्पर्धाबाट मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

गत डिसेम्बरमा उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् । 

यस अघि ह्वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको थियो ।

यस्तै ओमानमै पपुवा न्युगिनीविरुद्धको एकदिवसीय सिरिज जितेको थियो ।

Logo