क्रिकेट टोली स्वदेश फिर्ता

क्रिकेट टोली स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो ।

नेपालले आइतबार भएको खेलमा घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको थियो । जुन नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको हो । 

त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भने नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

 

Logo