महिला फुटबल टिमको सुरुवाती–११ खेलाडी सार्वजनिक

महिला फुटबल टिमको सुरुवाती–११ खेलाडी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । हङकङविरुद्धको खेलका लागि नेपालले सुरुवाती–११ खेलाडीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती–११ को घोषणा गरेका हुन् । नेपालले एक खेलाडी परिवर्तन गरेको छ । डिफेन्डर विमला बिक सुरुवाती–११ मा परेकी छिन् । पुजा रानालाई बेन्चमा राखिएको छ ।

यस्तै गोलकिपरमा अन्जिला तुम्बाफो सुब्बा, डिफेन्डरमा हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना र विमला बिक मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बु र मन्जली कुमारी योन्जन रहेका छन् । त्यस्तै, फरवार्डमा सबिता राना, विमला चौधरी र प्रीति राई छन् ।  

उज्वेकिस्तानको जेएआर स्टेडियममा समूह एफ को नेपाल र हङकङबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । 

Logo