पारस, दीपेन्द्र र बसन्तले इपीएल नखेल्ने

पारस, दीपेन्द्र र बसन्तले इपीएल नखेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट नखेल्ने भएका छन् । 

इपीएलले मंगलबार सार्वजनिक गरेको सबै टोलीको अन्तिम सूचीमा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी परेका छैनन् । 

पारसको कप्तानीमा विराटनगरले दोस्रो संस्करणको उपाधि जितेको थियो । 

पारसले दुई महिनाअघि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर, घरेलु क्रिकेट भने खेल्ने बताएका थिए । वसन्तले गत चैतदेखि अमेरिकाको घरेलु क्रिकेट खेल्दै आएका छन् ।

यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले समेत ईपीएल नखेल्ने भएका छन् । दीपेन्द्र काठमाडौं किङ्स–११ मा आबद्द थिए । दीपेन्द्रले चोटको कारण नखेल्ने भएका हुन् । 

चौथो संस्करणको ईपीएल असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । 

इपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छन् ।

 

Logo