हंगेरीका फुटबल समर्थकलाई प्रतिबन्ध

हंगेरीका फुटबल समर्थकलाई प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हंगेरीका दर्शकलाई रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको छ । 

फिफाले हंगेरीको आगामी घरेलु मैदानको खेलमा दर्शकलाई प्रतिबन्ध लगाएको हो ।

फिफाको प्रतिबन्धसँगै हंगेरीले घरेलु मैदानको खेल बन्द रंगशालामा खेल्नुपर्ने भएको छ । गत सेप्टेम्बर २ मा इंग्ल्यान्ड विरुद्धको खेलमा समर्थकले विपक्षी टिमका खेलाडीलाई जातीय दुर्व्यावहार गरेपछि फिफाले प्रतिबन्ध गरेको हो ।

विश्वकप छनोटअन्तर्गत भएको त्यस खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ४–० को जित निकालेको थियो । त्यस खेलमा इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ र जुड बेलीङहमविरुद्ध दुर्व्यावहार भएको थियो । 

यस्तै फिफाले हंगेरी फुटबल फेडेरेसनलाई २ लाख स्विस फ्रान्क जरिवानासमेत गरेको छ ।

Logo