लेवान्डोस्कीलाई युरोपियन ‘गोल्डेन बुट’ अवार्ड

लेवान्डोस्कीलाई युरोपियन ‘गोल्डेन बुट’ अवार्ड

केन्द्रबिन्दु
0
Shares

जर्मन क्लब बायर्न म्युनिखका ३३ वर्षीय फरवार्ड रोबर्ट लेवान्डोस्कीले युरोपियन ‘गोल्डेन बुट’ अवार्ड जितेका छन् । सन् २०२०/२१ को सिजन युरोपियन फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै लेवान्डोस्कीले ‘गोल्डेन बुट’ अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा २९ खेलमा ४१ गोल गरेका थिए । लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनले बायर्न बुन्डेसलिगा च्याम्पियन बनेका थिए। पोल्याण्डका लेवान्डोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ‘गोल्डेन बुट’ जितेका हुन् ।

लेवान्डोस्की बुन्डेसलिगा फुटबलमा सर्वाधिक गोलकर्तासमेत बनेका थिए । लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका थिए  । लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

Logo