चोटका कारण मेस्सीले मेट्जविरुद्धको खेल गुमाउने

चोटका कारण मेस्सीले मेट्जविरुद्धको खेल गुमाउने

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले चोटका कारण फ्रेन्च लिग वान अन्तर्गत मेट्जविरुद्धको खेल गुमाउने भएका छन् । उनको घुँडामा समस्या देखिएको कारण मेस्सीले मेट्जविरुद्धको खेल गुमाउने भएका हुन् ।

पीएसजीले बुधबार राति मेट्जविरुद्ध उसैको मैदानमा खेल्नेछ । मेस्सीले आइतबार राति लियोनविरुद्धसमेत पूरा खेल खेल्न पाएका थिएनन् । उनलाई सब्टिच्युट गरिएको थियो । पीएसजीले लियोनलाई २–१ ले हराएको खेलमा मेस्सीलाई ७५ औं मिनेटमा सब्टिच्युट गरिएको थियो ।

Logo