महिला फुटबल टिम स्वदेश फिर्ता

महिला फुटबल टिम स्वदेश फिर्ता

केन्द्रबिन्दु
0
Shares

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बिहीबार स्वदेश फर्किएका छन् । नेपाली टिम आज बिहान स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे ।

समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपालले २ छनोट खेलमा १ अंक जोड्दै पुछारमा रह्यो ।

यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

Logo