काठमाडौं टेकेपछि अफ्रिदीले भनेः नेपाल आफ्नै घरजस्तो लाग्यो

काठमाडौं टेकेपछि अफ्रिदीले भनेः नेपाल आफ्नै घरजस्तो लाग्यो

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी  चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन्। 

शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर आज नेपाल आईपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तानजस्तै घर लागेको प्रतिक्रिया दिए ।

नेपाल राम्रो देश भएको भन्दै अफ्रिदिले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताए ।

साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको विमानस्थलमा ओर्लिएपछि प्रतिक्रिया दिए ।

अफ्रिदी चौथौ संस्करणमा इपिएल खेल्ने उच्च प्रोफाइलका खेलाडी हुन ।

अफ्रिदीले नेपाल बसाईको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल खेल्ने छन् ।  

विश्वमा चर्चा कमाई सकेका अफ्रिदिले विश्वका प्रायजसो फ्रेन्चाई प्रतियोगिता खेलिसकेका छन् । ४१ वर्षिय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १० ओटा इन्डिय प्रिमियर लिग (आईपिएल) र ३ सय ३२ ट्वान्टी–२० खेल खेलेका छन् ।  

चौथौ संस्करणको इपिएल शनिबारबाट २३ गतेसम्म आयोजना हुँदै छ । ६ टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

Logo