इपीएलका लागि काठमाडौं किंग्स–११ टोली र जर्सी सार्वजनिक

इपीएलका लागि काठमाडौं किंग्स–११ टोली र जर्सी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर (इपीएल) लिगका लागि काठमाडौं किंग्स–११ ले आफ्नो टिम तथा जर्सी सार्वजनिक गरेको छ । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं किंग्स–११ ले कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमका सदस्यहरु सार्वजनिक गरेको हो ।

काठमाडौं किंग्स–११ टिम एभरेष्ट प्रिमियर लिगमा जर्सी नम्बरसहित आफ्ना खेलाडीहरुको घोषणा गरेको थियो । 

पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा स्टार ब्याट्सम्यान शाहिद अफ्रिदीले जर्सी नम्बर १० लगाउने भएका छन् । काठमाडौं किंग्स–११ का कप्तान सन्दिप लामिछानेले भने जर्सी नम्बर २५ लगाउने छन् ।

अर्का अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले १६ नम्बरको जर्सी लगाएर खेल्ने छन् । अफगानी सशक्त ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले भने २८ नम्बरको जर्सी लगाउने छन् । 

टियु क्रिकेट मैदानमा शनिबारदेखि असोज २५ गतेसम्म हुने इपीएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछ । 
 

Logo