ईपीएलः काठमाडौं र पोखरा भिड्दै

ईपीएलः काठमाडौं र पोखरा भिड्दै

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मंगलबार काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्दै छन् । 

टियु क्रिकेट मैदानमा हुने दुईबीचको खेल मध्यान्न १२ः१५ बजे सुरु हुँदैछ । आज एक खेल मात्र हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । 

सोमबार तय भएको काठमाडौं र विराटनगर वारियर्सबीचको खेल भने स्थगित भएको थियो । वर्षाले मैदान भिजेको कारण खेल टस समेत नभई स्थगित भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । 

भारी वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाले एक एक अंक पाएको थिए ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाइएको छ ।

Logo