प्रशिक्षणमा फर्किए मेस्सी, सिटीविरुद्ध खेल्ने सम्भावना

प्रशिक्षणमा फर्किए मेस्सी, सिटीविरुद्ध खेल्ने सम्भावना

केन्द्रबिन्दु
0
Shares

फुटबल स्टार तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिमको प्रशिक्षणमा फर्किएका छन् । 

घुँडाको चोटको कारण मेस्सी लिग वानको पछिल्लो दुई खेलमा मैदान बाहिर रहेका थिए । च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन् ।

म्यानचेस्टर सिटीविरुद्धको खेलअघि उनी प्रशिक्षणमा फर्किएका छन् । त्यसैले मेस्सीले सिटीविरुद्ध खेल्ने बताइएको छ । 

पीएसजीले सिटीसँग घरेलु मैदानमा मंगलबार राति प्रतिस्पर्धा गर्दैछ ।

Logo