ईपीएलः भारी वर्षाले स्थगित दुई खेलको नयाँ मिति सार्वजनिक

ईपीएलः भारी वर्षाले स्थगित दुई खेलको नयाँ मिति सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सोमबार वर्षाका कारण स्थगित भएका दुई खेलको नयाँ मिति तोकिएको छ । 

मंगलबार सार्वजनिक गरिएको नयाँ मितिअनुसार अक्टोबर १ शुक्रबार बिहान काठमाडौं र विराटनगरबीच खेल हुनेछ । यस्तै अक्टोबर २ शनिबार बिहान भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता भारी वर्षाले मैदान ओसिलो भएपछि सोमबारका लागि निर्धारित काठमाडौं र विराटनगर वारियर्स साथै चितवन राइनोज र भैरहवा ग्लाडिएटर्सबीचको खेल स्थगित भएको थियो ।

Logo