‘ए’ डिभिजन लिगमा विराजले च्यासलको कप्तानी गर्ने

‘ए’ डिभिजन लिगमा विराजले च्यासलको कप्तानी गर्ने

केन्द्रबिन्दु
0
Shares

आगामी कात्तिक २९ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् ।

ललितपुरको ‘ए’ डिभिजन क्लब च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानी विराजलाई दिईएको जनाएको छ । च्यासलले नयाँ सिजनको लिगका लागि विराजलाई अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो ।

अघिल्लो पटकको लिग विराजले मछिन्द्र क्लबबाट खेलेका थिए । मछिन्द्र साविक विजेता समेत हो ।

अनुभवी डिफेन्डर विराजले यस अघि एनआरटी, थ्री स्टार, संकटा र मनाङ मर्स्याङ्दीबाट खेलिसकेका छन् ।

विराजको कप्तानीमा मनाङ र मछिन्द्रले ‘ए’ लिग जितेको थियो । उनले थ्री स्टारबाट समेत ‘ए’ लिगको उपाधि जितेका थिए ।

विराजले गत चैतमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । नेपालमा आयोजना भएको थ्री नेसन्स कप फुटबलपछि उनले सन्यास घोषणा गरेका थिए । थ्री नेसन्सको उपाधि नेपालले जितेको थियो ।

Logo