इपीएलः पोखरा र ललितपुरको खेल ७–७ ओभरको हुने

इपीएलः पोखरा र ललितपुरको खेल ७–७ ओभरको हुने

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत अहिले भइरहेको ललितपुर प्याट्रियोट्स र पोखरा राइनोज बीचको खेल सात ओभरमा झारिएको छ । 

वर्षाका कारण मैदानको आउटफिल्डर गिलो भएपछि निर्धारित समयभन्दा करिब साढे दुई घण्टाभन्दा बढीको समय ढिलो भएको खेल सात ओभरमा झारिएको हो । जसमा ललितपुरले अहिले पोखराविरुद्ध ब्याटिङ गरिरहेको छ । 

यस्तै आजै हुने अर्को खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ । 

वर्षाका कारण इपीएलमा मंगलबारका दुवै खेल स्थगित भएका थिए । 

कीर्तिपुर मैदानमा ड्रेनेजको व्यवस्था नहुँदा भारी वर्षा भएको खण्डमा पानी जम्ने हुँदा यस पटक त्यसको असर इपीएलमा परेको छ । 

Logo