इपीएलः ललितपुरद्वारा पोखरालाई ५२ रनको लक्ष्य

इपीएलः ललितपुरद्वारा पोखरालाई ५२ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पोखरा राइनोजलाई जितका लागि ५२ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो ।

मंगलबार परेको वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाइएको हो । 

ललितपुरका लागि सन्दुन विराकोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडे । नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए ।

ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए । बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए ।

Logo