मेड्रिडमा नेपालको जर्सी प्रदर्शनी

मेड्रिडमा नेपालको जर्सी प्रदर्शनी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस क्लब एट्लेटिको मड्रिडको घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शनी गरिएको छ । 

वान्डा मेट्रोपोलिटानो स्टेडियममा आयोजना गरिएको ‘फुटबल फर पिस एक्जिब्युसन’ नामक् प्रदर्शनीमा नेपालको फुटबल जर्सी प्रदर्शन गरिएको हो ।

मेड्रिडस्थित नेपाली राजदूतावासले उक्त प्रदर्शनीमा नेपालको जर्सी राखिएको जनाएको छ । 

स्पेनिस ला लिगा र एकेडमी अफ डिप्लोमेसीको संयुक्त पहलमा उक्त प्रदर्शनीको आयोजना गरिएको थियो । 

दुई दिने प्रदर्शनीमा ८० भन्दा बढी दूतावासहरुले सहभागिता जनाएका थिए ।
नेपालको तर्फबाट राजदूत दावा फुटी शेर्पाले सहभागिता जनाउदै ‘शान्तिका लागि फुटबल’ अभियानको समर्थन गरेका थिए । 

नेपालको जर्सी शेर्पा आउटडोर प्रालिको केटीएम सिटीले उत्पादन गर्दै आईरहेको छ ।

Logo