साफ आजबाट: नेपालले आज मालदिभ्सको सामना गर्ने

साफ आजबाट: नेपालले आज मालदिभ्सको सामना गर्ने

केन्द्रबिन्दु
0
Shares

१३ औँ संस्करणको दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आज शुक्रवारबाट मालदिभ्समा सुरु हुँदैछ । 

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपको पहिलो दिन शुक्रवार दुई खेलहरू हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् । दोस्रो खेलमा नेपालले आयोजक तथा साबिक विजेता मालदिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र मालदिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । 

साफमा यस पटक ५ राष्ट्रको सहभागिता रहेको छ । जसमा आयोजक मालदिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ । लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । 

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ ९असोज १८० गते खेल्नेछ ।  नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० ९असोज २४० र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ ९असोज २७० मा खेल्नेछ ।

Logo