अस्पतालबाट डिस्चार्ज भए पेले

अस्पतालबाट डिस्चार्ज भए पेले

केन्द्रबिन्दु
0
Shares

ब्राजिल तथा फुटबलका लेजेन्ड खेलाडी पेले कोलोन ट्युमरको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

८० वर्षीय पेलेको साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा सेप्टेम्बर ४ तारिखमा शल्यक्रिया भएको थियो ।

तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडीका रुपमा रहेका पेले शल्यक्रियाको १० दिन पछि नै सघन उपचार इकाईबाट डिस्चार्ज भएका थिए । तर, उनी पुनः अस्पतालमा भर्ना भएका थिए ।

उनको चिकित्सा टोलीले भने केमोथेरापी जारी राखिने बताएको छ । 

पछिल्ला वर्षहरुमा उनको स्वास्थ्य अवस्था चिन्ताको विषय बनेको छ । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो भने सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

Logo