ईपीएलः पोखराद्वारा चितवन १ सय २४ रनको सामान्य लक्ष्य

ईपीएलः पोखराद्वारा चितवन १ सय २४ रनको सामान्य लक्ष्य

केन्द्रबिन्दु
0
Shares

चौथो संस्करणको एभरेष्ट प्रिमियर (ईपिएल) लिग टी –२० क्रिकेटमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितको लागि १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । 

पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । 

एक समयमा ४२ रन जोड्दा पाँच विकेट गुमाएको पोखराको इनिङ उकास्न विवेक यादव र असेला गुनरत्नेले  छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । गुनरत्नेले २५ रनको योगदान गरे ।

रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मद्दतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शुन्य रनमै पभेलियन फर्किए । 
चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई÷दुई विकेट लिंदा सोमपाल कामीले एक विकेट हात पारे ।  

Logo